Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • पाकिस्तानमा इमरान खानको पार्टीमाथि प्रतिबन्ध लाग्न सक्ने

    पाकिस्तानमा इमरान खानको पार्टीमाथि प्रतिबन्ध लाग्न सक्ने

    अनलाइन नेपाल
  • बुधबार, १० जेष्ठ २०८०
  • 348
    SHARES

    एजेन्सी । पाकिस्तानको रक्षा मन्त्रालयले पूर्वप्रधानमन्त्री इमरान खानको पार्टी पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) माथि प्रतिबन्ध लाग्न सक्ने बताएको छ ।

    यही महिना खान पक्राउ परेपछि पीटीआईले देशव्यापी प्रदर्शन गरेको थियो ।



    प्रदर्शनका क्रममा सेनाका ब्यारेकसहित संवेदनशील क्षेत्रमा आक्रमण भएको भन्दै रक्षा मन्त्रालयले त्यसको छानबिन भइरहेको र पार्टीमाथि नै प्रतिबन्ध लाग्न सक्ने जनाएको छ ।



    देशव्यापी प्रदर्शन तथा आक्रमणको बारेमा पूर्वप्रधानमन्त्री खानले स्वतन्त्र छानबिनको माग गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार