Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • अमेरिकी अभिनेता डयानीमाथि बलात्कारको आरोपमा ३० वर्षको जेल सजाय

    अमेरिकी अभिनेता डयानीमाथि बलात्कारको आरोपमा ३० वर्षको जेल सजाय

    अनलाइन नेपाल
  • बिहिबार, १८ जेष्ठ २०८०
  • 1.2K
    SHARES

    एजेनसी । अमेरिकन अभिनेता ड्यानी मास्टरसनले दुई महिलामाथि बलात्कार गरेको पुष्टि भएको छ ।

    लस एन्जलस काउन्टी जिल्ला अधिवक्ताका अनुसार उनीमाथि लगाइएको कयौं आरोप मध्ये दुई महिलालाई बलात्कार गरेको आरोप पुष्टि भएपछि उनलाई जेल सजाय तोकिएको हो ।



    लस एन्जलसको एक अदालतमा बुधबार पुनः भएको सुनुवाईको क्रममा बलात्कारको तीनवटा मुद्दा मध्ये दुईमा दोषी पाइएको हो । उनलाई सो अदालतले ३० वर्षको जेल सजाय तोकेको छ भने अदालतको फैसालासँगै उनलाई हत्कडी लगाएर नियन्त्रणमा लिइएको छ ।



    ‘दि ७० शो स्टार’ का ४७ वर्षीया अभिनेता ड्यानीले सन् २००१ र २००३ को बीचमा छुट्टाछुट्टै घटनामा आफ्नो घरमा तीनजना महिलालाई बलात्कार गरेको अभियोगमा दोषी प्रमाणित भएका हुन् । यद्यपि, उनले सो आरोप भने अस्विकार गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार