Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • काठमाडौं महानगरको चेतावनी – बालबालिकालाई जोखिमपूर्ण श्रममा लगाउनेलाई कारबाही गर्छौं

    काठमाडौं महानगरको चेतावनी – बालबालिकालाई जोखिमपूर्ण श्रममा लगाउनेलाई कारबाही गर्छौं

    अनलाइन नेपाल
  • मंगलबार, २३ जेष्ठ २०८०
  • 600
    SHARES

    फाइल तस्विर

    काठमाडौं । काठमाडौं महानगरपालिकाले बालबालिकालाई श्रममा नराख्न चेतावनी दिएको छ ।

    महानगरले आज सार्वजनिक सूचना निकालेर महानगरभित्र कोही कसैले कानुन विपरीत हुने गरी बालबालिकालाई श्रममा संलग्न गराएको र १४ देखि १८ वर्ष उमेरका बालबालिकालाई जोखिमपूर्ण श्रममा खटाएको भएमा १५ दिनभित्र जानकारी दिन अनुरोध गरेको हो ।



    कानुनको उल्लंघन गर्दै बालबालिकालाई श्रममा राखेको भएमा सोको जानकारी १५ दिनभित्र महानगरपालिका अन्तर्गतको सामाजिक विकास विभागलाई जानकारी गराउन महानगरले आग्रह गरेको छ ।



    नियम विपरीत घर तथा होटल, ग्यारेज, गाडी, कलकारखानामा बालश्रम गराएको भएमारभेटिएमा महानगरको सामाजिक विकास विभागमा जानकारी दिन सकिनेछ ।

    कोही कसैले आफ्नो घरमा वा साथमा राखेको भएमा विभाग, वडा कार्यालय वा महानगर एप केएमसी एपमार्फत १५ दिनभित्र नियमअनुसार सूचीकरण हुन पनि आग्रह गरिएको छ । बालश्रम गराएको पाइएमा महानगरले कानुन बमोजिम कारबाहीको गर्नेसमेत चेतावनी दिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार