Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • शहिद स्मारक ‘ए’ डिभिजन लिगमा साविक विजेता मछिन्द्रलाई दोस्रो स्थान

    शहिद स्मारक ‘ए’ डिभिजन लिगमा साविक विजेता मछिन्द्रलाई दोस्रो स्थान

    अनलाइन नेपाल
  • बुधबार, २४ जेष्ठ २०८०
  • 1.4K
    SHARES

    काठमाडौं । आफिज ओलावालेको दुई गोल मद्दतमा साविक विजेता मछिन्द्र एफसीले शहीद स्मारक ‘ए’ डिभिजन लिगमा हिमालयन शेर्पालाई ३-१ ले पराजित गरेको छ ।

    बुधबार भएको खेलमा हिमालयन शेर्पा क्लबलाई पराजित गर्दै मछिन्द्र एक खेल अगावै उपविजेता बनेको हो।



    त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा मछिन्द्रका लागि ओलावालेले दुई तथा विमल घर्ती मगरले एक गोल गरे‍ । हिमालयन शेर्पाका पिस्टोने मुटम्बाले एक गोल फर्काए ।



    मछिन्द्रको यो ११ औं जित हो । जितसँगै मछिन्द्रले २५ खेलमा ४२ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । हिमालयनले २५ खेलमा ३१ अंक जोडेको छ ।

    लिगको अन्तिम खेलमा मछिन्द्रले हार भोगेको र पुलिस क्लबले जित निकालेको अवस्थामा पनि अंक तालिकामा पुलिस १ अंकले पछि पर्नेछ।

    यसअघि लगातार दुइ पटक लिग च्याम्पियन बनेको मछिन्द्र यो सिजन उपाधि ह्याट्रिक गर्नबाट चुकेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार