Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • संयुक्त राष्ट्रसंघको शान्ति कार्य हेर्ने उपमहासचिव आज नेपाल आउँदै

    संयुक्त राष्ट्रसंघको शान्ति कार्य हेर्ने उपमहासचिव आज नेपाल आउँदै

    अनलाइन नेपाल
  • मंगलबार, १२ असार २०८०
  • 681
    SHARES

    काठमाडौं । संयुक्त राष्ट्रसंघको शान्ति कार्य विभाग हेर्ने उपमहासचिव जिन–पियरे ल्याक्रोइक्स ४ दिवसीय भ्रमणका लागि आज नेपाल आउँदैछन् ।

    नेपाल भ्रमणका क्रममा उनले प्रधानमन्त्री, उपप्रधान एवं रक्षामन्त्री र परराष्ट्रमन्त्रीसँग शिष्टाचार भेट गर्नेछन् ।



    उपमहासचिव ल्याक्रोइक्सले प्रधानसेनापति, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुखसँग भेटघाटको कार्यक्रम रहेको नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए ।



    यहाँ बसाइँका क्रममा उनी संयुक्त राष्ट्रसंघ र नेपाली शान्ति सेनासम्बन्धी विविध कार्यक्रममा सहभागी रहनेछन् । उनले पर्यटकीय महत्त्वका स्थानको अवलोकन भ्रमण गर्ने कार्यक्रम रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार