Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • नेप्से परिसूचक १२ अंकले बढेपनि कारोबार रकम भने खुम्चियो

    नेप्से परिसूचक १२ अंकले बढेपनि कारोबार रकम भने खुम्चियो

    अनलाइन नेपाल
  • मंगलबार, १९ असार २०८०
  • 732
    SHARES

    फाइल फोटो

    काठमाडौं । आज (मंगलबार) नेप्से परिसूचक १२.७३ अंकले बढेको छ । नेप्से १२.७३ अंकले बढ्दा नेप्से इन्डेक्स २०८८.१७ विन्दुमा पुगेको हो ।

    कारोबारमा आएका १३ वटै समूहगत परिसूचक वृद्धि भएको छ । नेप्से बढेपनि आज कारोबार रकम निकै खुम्चिएको छ । आज दुई सय ८२ वटा कम्पनीका ६४ लाख ५० हजार कित्ता शेयर किनबेच भए ।



    हिजो चार अर्ब पाँच करोड रुपैयाँको शेयर कारोबार भएकोमा आज दुई अर्ब ५७ करोड ६१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।



    नागरिक लगानी कोषको सर्वाधिक मूल्यको शेयर कारोबार भएको छ । यो कम्पनीको १२ करोड १७ लाख रुपैयाँको शेयर खरिद–बिक्री भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार