Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • जोर्डन हिँडेका १५ जनालाई अध्यागमनले विमानस्थलबाटै फर्कायो, कागजात शङ्कास्पद !

    जोर्डन हिँडेका १५ जनालाई अध्यागमनले विमानस्थलबाटै फर्कायो, कागजात शङ्कास्पद !

    अनलाइन नेपाल
  • आइतबार, २४ असार २०८०
  • 1.2K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज जोर्डन जान लागेका १५ जना त्यसतर्फ जानबाट रोकिएका छन् ।

    वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर जोर्डन हिँडेका उनीहरूको कागजात अध्ययन गर्दा केही शङ्कास्पद देखिएकाले अनुसन्धानका लागि अध्यागमन विभागले आइतबार फर्काएको हो ।



    एससीसी म्यानपावर कम्पनीमार्फत जोर्डनको बहुर्राष्ट्रिय कम्पनी मास क्रेडा अल सफीमा काम गर्न अनुमति पाएका एक पुरुष र १४ जना महिलाहरुलाई अध्यागमनले फिर्ता पठाएको जनाएको छ ।



    उनीहरु शून्य लागतमा जोर्डनको रोजगारीमा छनोट भएका हुन् । ती महिला श्रमिकहरुको सबै सेवा शुल्क, भिसा, टिकट, स्वास्थ्य परीक्षणलगायत खर्च रोजगारदाता कम्पनीले नै ब्यहोरेको थियो ।

    अध्यागमन कार्यालयले वर्किङ भिसा नदेखिएको र लगानी मन्त्रालयले भिसा नवीकरण गर्न सम्बन्धित निकायलाई अनुरोध गरेको पत्र भएकोले प्रस्थान दिन नसकिएको पत्र दिएको छ । उनीहरुको आइतबार बिहान १० बजे एयर अरेबियाको उडान थियो । उनीहरुलाई सोमबार छलफलका लागि बोलाइएको अध्यागमन कार्यालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार