Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्न जाने महिला टोलीको बिदाइ

    बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्न जाने महिला टोलीको बिदाइ

    अनलाइन नेपाल
  • सोमबार, २५ असार २०८०
  • 792
    SHARES

    काठमाडौं । आगामी जुलाईमा बंगलादेशमा हुने मैत्रीपूर्ण खेल खेल्न जाने राष्ट्रिय फुटबल टोलीको बिदाइ गरिएको छ ।

    अखिल नेपाल फुटबल संघ एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ लगायतले टोलीलाई बिदाइ गरेका हुन् ।



    १९औं एसियाली खेलकुदको तयारी स्वरूप नेपालले बंगलादेशसँग दुईवटा मैत्रीपूर्ण खेल खेल्नेछ। जुलाई १३ र १६ मा बंगलादेशको ढाकामा नेपालले दुईवटा खेल खेल्ने भएको हो।



    १९औं एशियाली खेलकुद २३ सेप्टेम्बर देखि ८ अक्टोबरसम्म चीनको हाङचाउमा आयोजना हुँदै छ।

    बुधबारदेखि शुक्रबारसम्म तीन दिनको प्रशिक्षणपछि प्रारम्भिक चरणमा बोलाइएका टोलीबाट मुख्य प्रशिक्षक अनन्तराज थापाले एन्जिला तुम्बाप्पो सुब्बाको कप्तानीमा २३ सदस्यीय टोलीको घोषणा गरेका थिए ।

    नेपाली टोली

    गोलकिपर : एन्जिला तुम्बाप्पो सुब्बा, अन्जना राना मगर, उषा नाथ

    डिफेण्डर : अमृता जैसी, गीता राना, हीराकुमारी भुजेल, पुजा राना, विमला बिक, निशा थोकर, अञ्चली वाइबा, समिक्षा घिमिरे

    मिडफिल्डर : रेनुका नगरकोटे, सरु लिम्बु, विमला चौधरी, अनिता बस्नेत, प्रीति राई, दीपा शाही

    फरवार्ड : सावित्रा भण्डारी, सबिता राना मगर, रश्मिकुमारी घिसिङ, अमिषा कार्की, रेखा पौडेल, अनिता केसी

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार