Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • बंगलादेशविरुद्ध नेपालको सुरुवाती ११ सार्वजनिक

    बंगलादेशविरुद्ध नेपालको सुरुवाती ११ सार्वजनिक

    अनलाइन नेपाल
  • बिहिबार, २८ असार २०८०
  • 621
    SHARES

    काठमाडौं । बंगलादेशसँग पहिलो मैत्रीपूर्ण खेलका लागि नेपालको सुरुवाती ११ सार्वजनिक भएको छ।

    राजधानी ढाकामा साँझ पौने ६ बजे सुरु हुनेछ । मैत्रीपूर्ण खेलका लागि तयार रहेको दुवै टोलीका प्रशिक्षक र कप्तानले बताएका छन् ।



    असोज पहिलो सातादेखि हुने १९औं एसियाली खेलकुदको तयारीका लागि नेपालले बंगलादेशसँग मैत्रिपूर्ण खेल्न लागेको हो ।



    नेपाल र बंगलादेश गत भदौमा भएको साफ च्याम्पियनको फाइनलपछि पहिलो पटक भिड्न लागेका हुन् । साफको फाइनलमा नेपाली टोली बंगलादेशसँग ३–१ ले पराजित भएको थियो।

    नेपाल र बंगलादेशबीच दोस्रो मैत्रीपूर्ण खेल आइतबार हुनेछ ।

    यस्तो छ नेपालको सुरुवाती–११
    फरवार्ड : सावित्रा भण्डारी
    मिडफिल्डर : रेनुका नगरकोटे, सरु लिम्बु, प्रिती राई, अमिषा कार्की, दिपा शाही,
    डिफेन्डर : विमला विक, समीक्षा घिमिरे, अमृता जैसी, हिरा कुमारी भुजेल
    गोलरक्षक : एञ्जिला तुम्बाप्पो सुब्बा (कप्तान)

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार