Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • शोभित बस्नेतको चलचित्र ‘जय हो’ले थाल्यो प्रचार

    शोभित बस्नेतको चलचित्र ‘जय हो’ले थाल्यो प्रचार

    अनलाइन नेपाल
  • सोमबार, १ साउन २०८०
  • 627
    SHARES

    काठमाडौं । शोभित बस्नेतको प्रस्तुतिमा निर्माण भएकको सिनेमा ‘जय हो’ पहिलो गीत सार्वजनिक गरिएको छ ।

    सोमबार राजधानीमा आयोजित एक कार्यक्रमकाबीच सिनेमामा समावेश ‘जोमसोमको डाँडैमा हिँउ खेल्न जाने की’ बोलको गीत सार्वजनिक गरिएको हो ।



    फिल्मका प्रस्तुतकर्ता बस्नेतले गीत रिलिजसँगै फिल्मको प्रचार अभियान औपचारिक रुपमा सुरु भएको बताए ।



    सार्वजनिक गीतको भिडिओमा अर्पण थापा, सलोन बस्नेत, केकी अधिकारी, निशा अधिकारी र माओत्से गुरुङ फिचर्ड छन्। शम्भुजित बास्कोटाको शब्द र संगीत रहेको गीतमा सुरेश लामा र अस्मिता अधिकारीले स्वर दिएका छन्।

    टेक पौरखी राईको निर्देशन निर्माण भएको फिल्ममा प्रेम पाण्डे, दीपशाक्य श्रेष्ठ, सुबी मगर, सुमिन गुरुङ, सुशान्त श्रेष्ठ लगायतका कलाकारको पनि अभिनय छ ।

    आगामी भदौ ८ अर्थात् अगष्ट २५ देखि प्रदर्शनमा आउने यो फिल्म सलोन सलिना फिल्म्सको व्यानरमा निर्माण भएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार