Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • नयाँ टेलिश्रृंखला ‘लफडा’ ल्याउँदै राजु मास्टर

    नयाँ टेलिश्रृंखला ‘लफडा’ ल्याउँदै राजु मास्टर

    अनलाइन नेपाल
  • सोमबार, १५ साउन २०८०
  • 759
    SHARES

    काठमाडौं । हास्य कलाकार राजु मास्टर अर्थात राजु पौडेलले नयाँ टेलिश्रृंखला ‘लफडा’ ल्याउने भएका छन् ।

    उनको श्रृंखला भदौबाट प्रसारणमा आउने भएको हो । सामाजिक सञ्जाल फेसबुकमा श्रृंखलाको एक प्रोमो सार्वजनिक गर्दै पौडेलले सिरियलको जानकारी दिएका छन्।



    उनले केही समयदेखि रोकिएको श्रृंखला ‘जुठे’ पनि अबदेखि निरन्तर प्रसारणमा आउने जनाएका छन् । उनले लेखेका छन्,‘अब भने ‘जुठे’ सँगै कमेडी श्रृंखला ‘लफडा’ पनि आउने भएको छ ।जुठे पहिलेकै झै बुधबार र ‘लफडा’ भदौदेखि आइतबार प्रसारणमा आउनेछ ।’



    ‘लफडा’ को बिषयवस्तु बारे भने उनले केही खुलाएको छैनन् । नयाँ श्रृंखला ‘लफडा’ मा राजु पौडेल, अनिता बस्नेत, कृष्ण शिवाकोटी, कमला रेग्मी, श्री थापा, मुकुन्द मैनाली लगायतको अभिनय देख्न सकिनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार