Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • घरमाथि पहिरो खस्दा ६ जना पुरिए, खोजी कार्य जारी

    घरमाथि पहिरो खस्दा ६ जना पुरिए, खोजी कार्य जारी

    अनलाइन नेपाल
  • मंगलबार, २३ साउन २०८०
  • 1.6K
    SHARES

    फाइल तस्विर

    मकवानपुर । मकवानपुरको बागमती गाउँपालिका–५ र काभ्रेको खानीखोला गाउँपालिका–५ को सिमानामा रहेको घरमा पहिरो खस्दा ६ जना पुरिएका छन् ।

    खानिखोला गाउँपालिका अध्यक्ष इन्द्र थिङका अनुसार खानिखोला ५ घर भई बागमती गाउँपालिका गएका एकै परिवारका ६ जना सिक्रे दोभानमा पहिरोले पुरिएका हुन् ।



    पुरिनेहरुमा अक्कलबहादुर स्याङतान, उनको श्रीमती शान्तिमाया स्याङतान, छोरी ज्वाई शिला स्याङतान र जीवन पहरी छन् ।
    साथै उनीहरुका दुई सन्तान साढे दुई बर्षिय छोरा र साढे एक वर्षका छोरा पुरिएका छन् ।



    पुरिएका मध्ये शान्तिमाया स्याङतानको उद्धार गरी मकवानपुरको भोर्लेनीमा लगिएको छ । अवस्था चिन्ताजनक रहेको स्थानीयलाई उदृत गरी गाउँपालिका अध्यक्ष इन्द्र थिङले जानकारी दिए ।

    पुरिएका मध्ये अन्यको खोजी कार्य जारी रहेको छ । अविरल वर्षासँगै आएको बाढीपहिरोले विभिन्न क्षेत्रमा क्षति पुर्‍याएको उनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार