Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • एमाले केन्द्रीय कार्यालय च्यासलमा पस्यो बाढी

    एमाले केन्द्रीय कार्यालय च्यासलमा पस्यो बाढी

    अनलाइन नेपाल
  • मंगलबार, २३ साउन २०८०
  • 651
    SHARES

    काठमाडौं । अविरल वर्षाका कारण मनहरा नदीमा आएको बाढीले नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासलमा बाढी पसेको छ ।

    मनोहरा नदीको जल सतह बढ्दा मंगलबार बिहान पार्टी कार्यालय डुबानमा परेको हो ।



    च्यासल जोड्ने पुलमुनिबाट पानी पास हुन नसक्दा ठोक्किएर पार्टी कार्यालयतिर फर्किएको र कम्पाउन्ड डुबेको छ ।



    एमालेले तुलसीलाल स्मृति प्रतिष्ठानको घर भाडामा लिएर पार्टी कार्यालय सञ्चालन गरिरहेको छ।

    भारी वर्षापछि आएको बाढीले उपत्यका नदीहरू बागमती, विष्णुमती, रूद्रमती, मनोहरा लगायत नदी किनाराका बस्तीहरू प्रभावित भएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार