Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • तीन अंकले घट्यो सेयर बजार परिसूचक नेप्से

    तीन अंकले घट्यो सेयर बजार परिसूचक नेप्से

    अनलाइन नेपाल
  • सोमबार, २९ साउन २०८०
  • 381
    SHARES

    फाइल फोटो

    काठमाडौं । साताको दोसो कारोबार दिन आज सेयर बजार परिसूचक नेप्सेमा एकल अंकको गिरावट भएको छ । गत बुधबारदेखि लगातार ३ कारोबार दिन बढेर बन्द भएको नेप्सेमा सोमबार भने सामान्य गिरावट भएको हो ।

    नेप्से ३.६१ अंकले गिरावट हुँदा २०७७.२४ को विन्दुमा बन्द भएको छ ।आज विभिन्न कम्पनीका ५४ लाख १७ हजार ९२८ कित्ता शेयर दुई अर्ब नौ करोड १३ लाख ९० हजार ६३८ रुपैयाँमा कारोबार भएका छन् ।



    आजको कारोबारमा बैंक, विकास बैंक, म्यानुफ्याक्चरिङ एण्ड प्रोसेसिङ, माइक्रोफाइनान्स र म्यूचुअल फण्डको उपसमूहमा हरियाली देखिएको छ । फाइनान्स, होटल तथा टुरिजम, हाइड्रोपावर, इन्भेष्टमेन्ट, लाइफ इन्स्योरेन्स, नन् लाइफ इन्स्योरेन्स, ट्रेडिङ अन्य उपसमूहमा भने रातो देखिएको छ ।



    आज ६८ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १४५ वटा कम्पनीको शेयर मूल्य घटेको छ । साथै ११ वटा कम्पनीको शेयर मूल्य स्थिर छ ।

    आज थ्री स्टार हाइड्रोपावर लिमिटेड कम्पनीको शेयर मूल्य नौ दशमलव ९८ प्रतिशतले बढेको छ भने अपर स्याङ्गे हाइड्रोपावर लिमिटेडको नौ दशमलव ९७ प्रतिशत, सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सात दशमलव ४४ प्रतिशत, इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको पाँच दशमलव ९० प्रतिशत र इमर्जिङ नेपाल लिमिटेडको शेयर मूल्य पाँच दशमलव ११ प्रतिशतले बढेको छ ।

    साथै सबैभन्दा धेरै शेयर मूल्य घट्ने कम्पनीमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड छ । कम्पनीको शेयर मूल्य छ दशमलव ४६ प्रतिशतले घटेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार