Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • एमसीसी कार्यान्वयनबारे छलफल गर्न विप्लवले बोलाए स्थायी समिति बैठक

    एमसीसी कार्यान्वयनबारे छलफल गर्न विप्लवले बोलाए स्थायी समिति बैठक

    अनलाइन नेपाल
  • बिहिबार, १४ भाद्र २०८०
  • 756
    SHARES

    काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले स्थायी कमिटी बैठक बोलाएको छ ।

    विकसित पछिल्लो राजनीति घटनाक्रमबारे छलफल गर्न महासचिव विप्लवले स्थायी कमिटी बैठक बोलाएका हुन् । बैठक केन्द्रीय कार्यालय बुद्धनगरमा शुक्रबार बिहान ८ बजे बस्ने बताइएको छ ।



    अमेरिकी सहायता एमसीसी कार्यान्वयनसम्बन्धी सम्झौता बुधबारबाट कार्यान्वयनमा आएपछि रुष्ट भएको नेकपाले बैठकमा विरोधका थप कार्यक्रम, सरकारप्रति दृष्टिकोण, आगामी रणनीति लगायत विषयमा समीक्षा गर्ने भएको छ ।



    महासचिव विप्लवले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर तत्काल एमसीसी कार्यान्वयन नगर्न चेतावनी दिएका थिए । तर प्रधानमन्त्री प्रचण्डले कर्मचारी तहमा प्रवेश गरिसकेकाले आफूले केही गर्न नसक्ने जवाफ फर्काएका थिए ।

    सरकार र एमसीसीका अधिकारीबीच बुधबार कार्यान्वयन प्रतिवेदन आदानप्रदान भएको थियो । नेपालको सांसदबाट १२ बुँदे व्याख्यात्मक घोषणासहित पारित भएको सम्झौताबारे अमेरिकाले लिखित प्रतिबद्धता नआएसम्म कार्यान्वयन हुन नदिने अडान नेकपाको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार