Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • सिम्रिक एयरमाथि कारबाहीको निर्णय कार्यान्वयन नगर्न अदालतको आदेश

    सिम्रिक एयरमाथि कारबाहीको निर्णय कार्यान्वयन नगर्न अदालतको आदेश

    अनलाइन नेपाल
  • आइतबार, १७ भाद्र २०८०
  • 1.3K
    SHARES

    काठमाडौं । अदालतले सिम्रिक एयर लिमिटेडलाई कारबाही गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको छ ।

    प्राधिकरणले कारबाहीको निर्णय गरेपछि सिम्रिक एयरका तर्फबाट दायर भएको रिट निवेदनमाथि उच्च अदालत पाटनका न्यायाधीश रमेश ढकालको एकल इजलासले यस्तो आदेश दिएको हो ।



    उच्च अदालतले प्राधिकरण र प्राधिकबरणका महानिर्देशकले गरेको निर्णय र पत्राचार प्रथम दृष्टिमै गैरकानुनी, अवैध र दुरासयपूर्ण देखिएको ठहर गरेको छ ।



    साथै इजलासले नागरिक उड्डयन प्राधिकरणलाई १५ दिनभित्र लिखित जवाफ पेस गर्न कारण देखाउ आदेशसमेत जारी भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार