Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • यू-१९ साफ च्याम्पियन : नेपाल र पाकिस्तान भिड्दै

    यू-१९ साफ च्याम्पियन : नेपाल र पाकिस्तान भिड्दै

    अनलाइन नेपाल
  • बिहिबार, ४ असोज २०८०
  • 987
    SHARES

    काठमाडौं । घरेलु मैदानमा आज सुरु हुने साफ यू–१९ च्याम्पियनसिपमा नेपाल पाकिस्तानसँग भिड्दै छ । नेपाल र पाकिस्तानको खेल साँझ साढे ५ बजे सुरु हुनेछ ।

    ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार भएको प्रि–म्याच कन्फरेन्समा नेपालका कप्तान जियारथ शेखले छोटो तयारीका बाबजुद टिम लयमा रहेको बताए ।



    समूह ए मा रहेको नेपालले आफ्नो पहिलो खेलमा पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ। पाकिस्तानी टोली बुधबार मात्र काठमाडौं आइपुगेको छ। पाकिस्तान पहिलोपटक यो प्रतियोगितामा सहभागी हुन लागेको हो।



    यसअघि अन्डर–ट्वेन्टी र अन्डर–एटिन फर्म्याटमा भएका प्रतियोगितामा नेपाल र भारत समान दुई–दुईपटक च्याम्पियन बनेका छन् । ६ टोली सहभागी प्रतियोगितामा नेपाल रहेको समुहमा माल्दिभ्स र पाकिस्तान छन्।

    समूह बीमा भारत, बंगलादेश र भुटान रहेका छन्। समूहका शीर्ष २ टोली सेमिफाइनल प्रवेश गर्नेछन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार