Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • काँकडभिट्टा नाकाबाट भारत गएका चिनियाँ नागरिक पक्राउ, भेटियो नेपाली नागरिकता

    काँकडभिट्टा नाकाबाट भारत गएका चिनियाँ नागरिक पक्राउ, भेटियो नेपाली नागरिकता

    अनलाइन नेपाल
  • शुक्रबार, २६ असोज २०८०
  • 1.5K
    SHARES

    झापा । नेपाली नागरिकतासहित भारत प्रवेश गरेका चिनियाँ नागरिकलाई पक्राउ गरिएको छ । नेपाल भारतको सीमा नाका काँकडभिट्टा हुँदै भारतको पानीटंकी बजार पुगेका चिनियाँ नागरिक ली शियाकाङ पक्राउ परेका हुन् ।

    यस्तै उनलाई सहयोग गरेको आरोपमा सञ्जीव सुयाल र चित्र गुप्ता अधिकारीलाई पनि भारतीय एसएसबीले पक्राउ गरेको छ । उनीहरू गाडी चढेर शुक्रबार दिउँसो भारत गएका थिए ।



    सीमामा तैनाथ एसएसबी ४१औँ बटालियनका टोलीले आवश्यक कागजपत्र माग्दा चिनिया नागरिक शियाकाङले नेपाली नागरिकताको फोटो कपी देखाएका थिए ।



    तर उनले कसको नागरिकताको फोटोकपी देखाएको भन्ने कुरा खुलेको छैन । प्रहरीले तीनै जनालाई सिलिगुडी अदालतमा पेस गरेको छ । घटनाबारे भारतीय प्रहरीले थप अनुसन्धान थालेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार