Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • योनीभित्र ड्रग्स लुकाई तस्करी गर्ने युवती प्रहरी फन्दामा

    योनीभित्र ड्रग्स लुकाई तस्करी गर्ने युवती प्रहरी फन्दामा

    अनलाइन नेपाल
  • शनिबार, २७ असोज २०८०
  • 4.8K
    SHARES

    कैलाली । कैलालीमा गुप्तांगभित्र लागुऔषध खैरो हेरोइन ल्याइरहेको अवस्थामा एक युवती पक्राउ परेकी छन् ।

    लागुऔषध अनुसन्धान ब्यूरो महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले शुक्रबार त्रिनगर भन्सार नाकाबाट उनलाई पक्राउ गरेको हो ।



    विशेष सूचनाका आधारमा धनगढी उपमहानगरपालिका-१ पशुपतिटोल बस्ने २० वर्षीया अनुष्कासिंह ठकुरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उनले योनीभित्र लुकाएको अवस्थामा एक ग्राम खैरो हेरोइन बरामद गरिएको छ ।​



    त्रिनगर नाकामा रहेको हेल्थ डेस्ककी महिला स्वास्थ्यकर्मी र प्रहरीले उनको योनिबाट लागुऔषध निकालेको प्रहरीले जनाएको छ । ठकुरीलाई नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान थालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार