Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • परराष्ट्रमन्त्री एनपी साउद कात्तिक ८ गते अमेरिका जाँदै

    परराष्ट्रमन्त्री एनपी साउद कात्तिक ८ गते अमेरिका जाँदै

    अनलाइन नेपाल
  • बिहिबार, २ कार्तिक २०८०
  • 936
    SHARES

    काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद कात्तिक ८ गते संयुक्त राज्य अमेरिका जाने भएका छन् ।

    उनी यही कात्तिक ८ देखि १६ गतेसम्म संयुक्त राज्य अमेरिकाको भ्रमणमा जान लागेका हुन् ।



    मन्त्रिपरिषद्को आजको बैठकले सो निर्णय गरेको जानकारी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले दिइन् ।



    यस्तै आगामी मङ्सिर १९ र २० मा संयुक्त राष्ट्रसङ्घको आयोजनामा घानामा हुने युएन पिस किपिङ मिनिस्ट्रियल बैठकमा सहभागी हुन उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति प्रदान गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार