Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • सेनाप्रति घृणा फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ

    सेनाप्रति घृणा फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, १४ कार्तिक २०८०
  • 3K
    SHARES

    काठमाडौं । नेपाली सेनाप्रति घृणा फैलाउने अभिव्यक्ति दिएको आरोपमा प्रहरीले डिल्लीराम खनाललाई पक्राउ गरेको छ ।

    सामाजिक सञ्जालमा आक्रामक अभिव्यक्ति दिएर चर्चामा आउने गरेका खनाललाई नेपाल प्रहरीको साइबर ब्यूरोले पक्राउ गरेको हो ।



    उनले सेनाप्रति घृणा र द्वेष फैलाउने सामग्री प्रकाशन तथा प्रदर्शन गरेको भन्दै सेनाले साइबर ब्युरोलाई पत्र लेखेको थियो।



    सोही पत्रको आधारमा खनाललाई पक्राउ गरिएको हो। उनलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत, काठमाडौंले अनुमतिसमेत दिइसकेको छ ।

    खनाल यसअघि पनि पक्राउ परेका थिए । अभिनेत्री करिश्मा मानन्धरको बारेमा दिएको अभिव्यक्तिका कारण उनलाई ब्यूरोले पक्राउ गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार