Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • एनआरएनएको शर्मा समूहलाई नेता बस्नेतले भने – कोट टाई लगाएर अराजक काम नगर्नु

    एनआरएनएको शर्मा समूहलाई नेता बस्नेतले भने – कोट टाई लगाएर अराजक काम नगर्नु

    अनलाइन नेपाल
  • मंगलबार, १४ कार्तिक २०८०
  • 621
    SHARES

    काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले एनआरएनएको निर्वाचनमा पराजित समुह आर के शर्मा र ओम शर्मा सहितको समुहलाई कोट टाई लगाएर अराजक र अनुशासनहिन काम नगर्न चेतावनी दिएका छन् । शर्मा समुहले एनआरएनएका अध्यक्ष बद्री केसी र नेता बस्नेतविरुद्ध प्रहरीमा उजुरी दिएपछि नेता बस्नेतले यस्तो चेतावनी दिएका हुन् ।

    उनले एनआरएनएको नवनिर्वाचित अध्यक्ष डा. केसीलाई बधाई दिन भएको कार्यक्रममा पराजित समुहसहितको समुहले गलत हर्कत गर्ने र गलत प्रचार गर्ने काम गरेको बताए । ‘हारेको टोलीले समानान्तर कमिटी बनाएर प्रचण्ड सरकारको आडमा जताततै माओबादीको प्रवासको आफ्नो कमिटी बिस्तार गर्ने र बद्री केसीको कमिटीलाई काम गर्न नदिने षड्यन्त्र सबैले बुझेकै छन्,’ उनले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।



    उनले लोकतान्त्रिक प्रक्रियाद्वारा निर्वाचनको पद्धति मार्फत प्रतिनिधि छान्ने प्रक्रियामा विश्वास गर्ने सत्ता साझेदार नेपाली काँग्रेस पनि किन यस्तो धन्धामा लागेको छ भन्दै उनले प्रश्न गरे ।



    उनले लेखेका छन्, ‘आज एनआरएनएको नवनिर्वाचित अध्यक्ष डा. बद्री के सी लाई बधाई दिन भएको कार्यक्रममा पराजित समुह आर के शर्मा, ओम शर्मा सहितको समुहले गलत हर्कत गर्ने र गलत प्रचार गर्ने काम मात्र गरे भनेकोत प्रहरीमा मेरो र बद्री जीको बिरुद्ध ठाडो निबेदन पनि दिन भ्याएछन् ।

    हरुवा गोरुको … दाउ भने झै । हारेका टोलीले समानान्तर कमिटी बनाएर प्रचण्ड सरकारको आडमा जताततै माओबादीको प्रवासको आफ्नो कमिटि बिस्तार गर्ने र बद्री के सी को कमिटी लाई काम गर्न नदिने षड्यन्त्र सबैले बुझेकै छन् ।

    लोकतान्त्रिक प्रक्रिया द्वारा निर्वाचनको पद्धति मार्फत प्रतिनिधि छान्ने प्रकृयामा बिस्वास गर्ने सत्ता साझेदार नेपाली काँग्रेस पनि किन यस्तो धन्धामा लागेको छ ? सरकारले सत्य, बिधि र पद्धति ,स्थापित गराउन भुमीका खेलोस् ।

    कोट टाइ लगाएर अराजक र अनुशासनहिन काम नगर्दा राम्रो हुनेछ । अरुको बारेमा भ्रम र अनर्गल प्रचार गरेर बद्नाम गराँउदा अरुले पनि त्यही बाटो अपनायो भने आर के टिमलाइ मुस्किल पर्नेछ ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार