Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • तिहारअघि भारतीय सयपत्री मालाको आयात बन्द

    तिहारअघि भारतीय सयपत्री मालाको आयात बन्द

    अनलाइन नेपाल
  • बुधबार, १५ कार्तिक २०८०
  • 843
    SHARES

    काठमाडौं । सरकारले भारतीय सत्रपत्री मालाको आयात रोकेको छ ।

    बागमती प्रदेश सरकार, पुष्प विकास केन्द्र गोदावरीले स्वदेशी उत्पादनले तिहारका लागि माग धान्न सक्ने देखिएका कारण भारतीय सयपत्री मालाको आयात अनुमति पत्रको सिफारिस गर्ने काम १ कात्तिकबाटै रोक लगाएको हो।



    यससँगै तिहारमा भारतीय सयपत्री मालाको आयात नहुने भएको छ। केन्द्रका अनुसार इजाजतपत्र बेगर आयात गरिएका वस्तु अवैध हुन्छन् ।



    यस वर्ष सरकारी तथा निजी संस्थाको संयन्त्रबाट अनुगमन कडा गरिने र अवैध भेटिएमा जफत र दण्ड जरिवाना हुने भन्दै कार्यालयले सचेत समेत गराएको छ ।

    विरुवा तथा वनस्पती सम्बन्धी सामग्री आयात गर्दा सम्बन्धित प्लान्ट क्वारेन्टाइन कार्यालयबाट प्रवेश अनुमति लिएर मात्र आयात गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार