Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • व्यवस्था र अवस्था परिवर्तन गर्न तेस्रो जनआन्दोलन आवश्यक : कमल थापा

    व्यवस्था र अवस्था परिवर्तन गर्न तेस्रो जनआन्दोलन आवश्यक : कमल थापा

    अनलाइन नेपाल
  • शुक्रबार, २४ कार्तिक २०८०
  • 711
    SHARES

    फाइल तस्विर

    पोखरा । राप्रपा नेपालका अध्यक्ष कमल थापाले संघीय गणतन्त्र असफल सावित भएको दाबी गरेका छन् ।

    आज पोखराको चाउथे चोकमा आयोजित सभालाई सम्बोधन गर्दै थापाले यस्तो दाबी गरेका हुन् ।



    उनले बितेको १७ वर्षको अनुभवबाट संघीय गणतन्त्र असफल सावित भएको बताए । अहिलेको व्यवस्था सुधारिने कुनै संकेत नदेखिएकाले अब व्यवस्था र अवस्था परिवर्तनका लागि तेस्रो जनआन्दोलनको आवश्यक रहेको बताए ।



    सबै समस्याको जड राजसंस्था, हिन्दु राष्ट्र र एकात्मक शासनलाई देखाएर बनाइएको गलत भाष्यले मुलुकलाई संकटको भुमरीमा फसाएको उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार