Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • सर्लाहीमा छठघाटमा डुबेर एक युवकको मृत्यु

    सर्लाहीमा छठघाटमा डुबेर एक युवकको मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, ३ मंसिर २०८०
  • 912
    SHARES

    फाइल तस्विर

    सर्लाही । सर्लाहीमा छठघाट निर्माण गर्न खटिएका एक युवकको पोखरीमा डुबेर मृत्यु भएको छ ।

    पोखरीमा छठीमाताको पूजा गर्न छठघाट निर्माण गर्नेक्रममा ईश्वरपुर नगरपालिका –६, बयलवासका २२ वर्षीय सन्तोष साहको मृत्यु भएको हो ।



    सन्तोषलाई पोखरीको पानीमा डुब्नासाथ उद्धार गरी अमृत हेल्थ केयर बयलवास लगिएको थियो ।



    सोही अस्पतालमा उपचारका क्रममा युवकको मृत्यु भएको इलाका प्रहरी कार्यालय केशरगञ्जले जनाएको छ ।

    मृतक युवकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा पठाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार