Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • कोकिनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतीय नागरिक पक्राउ

    कोकिनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतीय नागरिक पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, ४ मंसिर २०८०
  • 1.3K
    SHARES

    काठमाडौं । प्रहरीको  लागूऔषध नियन्त्रण ब्यूरोले त्रिभुवन अन्‍तर्राष्ट्रिय विमानस्थलबाट एक भारतीय नागरिकलाई कोकिनसहित पक्राउ गरेको छ।

    कतारको दोहाबाट काठमाडौं आएको जहाजकी एक जना यात्रुको साथबाट झन्डै दुई किलो कोकिन बरामद गरेको हो ।



    ब्यूरोको टोलीले सोमबार बिहान १० बजेतिर भारतीय राहदानी बाहक ३२ वर्षकी किमरोसांगीलाई सोमबार राति पौने १२ बजे पक्राउ गरेको थियो ।



    हिमालय एयरलाइन्सको उडानबाट काठमाडौं अवतरण गरेकी उनको लगेज खानतलासी गर्दा सुटकेसको माथिल्लो भागमा फल्स बटम बनाई प्लास्टिकको प्याकेटमा कोकिन लुकाएको भेटिएको थियो ।

    किमरोको साथबाट प्रहरीले एक किलो नौ सय ७३ ग्राम कोकिन बरामद गरेको छ। काठमाडौं आएकी उनी भुटान जाने तयारीमा थिइन्। प्रहरीले यसबारे थप अनुसन्धान अघि बढाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार