Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • दुर्गा प्रसाईं पूर्वराजा शाहको भूमिकाप्रति असन्तुष्ट

    दुर्गा प्रसाईं पूर्वराजा शाहको भूमिकाप्रति असन्तुष्ट

    अनलाइन नेपाल
  • शनिबार, ९ मंसिर २०८०
  • 1.7K
    SHARES

    काठमाडौँ । राजतन्त्रको पक्षमा उपत्यकामा दुई दिनयता आन्दोलनरत मेडिकल व्यवसायी दुर्गा प्रसाई नेतृत्वको समूह पूर्वराजा ज्ञानेन्द्र शाहको भूमिकाप्रति असन्तुष्ट देखिएको छ ।

    प्रसाई नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक महाभियान’ मा जोडिएका अभियन्ता पूर्वराजा शाहको भूमिकासँग असन्तुष्ट देखिएका हुन् ।



    राजतन्त्रका पक्षमा राजधानीमा आन्दोलन चलिरहँदा यसबारे पूर्वराजा शाहबाट कुनै अभिव्यक्ति आएको छैन । आन्दोलनका क्रममा प्रसाईं समूह र सुरक्षाकर्मीबीच सिर्जना भइरहेको छ । तर पूर्वराजा शाहबाट त्यसबारे कुनै प्रतिक्रिया आएको छैन ।



    बरु उनी प्रसाईं समूहको आन्दोलनलाई खुलेर समर्थन नगरेको तर उस्तै अजेन्डा बोकेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले शनिबार आयोजना गर्ने कार्यक्रममा सहभागी हुन शुक्रबार त्यसतर्फ प्रस्थान गरेका छन् ।

    राजधानीमा आफूहरूले आन्दोलन चर्काउन खोजिरहँदा राप्रपाले झापामा कार्यक्रम गरेर यताको आन्दोलनबाट ध्यान भड्काउन खोजेको प्रसाईं समूहको बुझाइ छ । नागरिक दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार