Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • काठमाडौं महानगरले माग्यो २३० कर्मचारी, कसरी दिने आवेदन ? [सूचनासहित]

    काठमाडौं महानगरले माग्यो २३० कर्मचारी, कसरी दिने आवेदन ? [सूचनासहित]

    अनलाइन नेपाल
  • शनिबार, १६ मंसिर २०८०
  • 693
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिकाले करारमा कर्मचारी नियुक्तिका लागि आवेदन माग गरेको छ । गरिब घरपरिवार पहिचानका लागि तथ्यांक संकलन गर्न महानगरले दरखास्त माग गरेको हो ।

    काठमाडौं महानगरभित्र गरिब घर परिवार पहिचान तथा परिचय पत्र वितरण कार्यक्रमका लागि ट्याब्लेटमार्फत् तथ्यांक संकलन तथा सुपरिवेक्षण गर्न कर्मचारी मागिएको महागरले जारी गरेको सूचनामा उल्लेख छ ।



    बढीमा पाँच महिनाका लागि नियुक्ति दिन लागिएको महानगरले जनाएको छ । सुपरिवेक्षक पदमा आवेदन दिन मान्यता प्राप्त शिक्षण संस्थाबाट तथ्याङ्कशास्त्र वा जनसङ्ख्या वा अर्थशास्त्र वा गणित विषयसहित कुनै विषयमा कम्तीमा स्नातक वा सो सरह उत्तीर्ण गरेको र कम्प्युटरसम्बन्धी आधारभूत ज्ञान भएको हुनुपर्नेछ ।



    पुस ६ गतेसम्म आवेदन दिन सकिनेछ । अनलाइनबाट आवेदन दिनु पर्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार