Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • १५ महिना कार्यकाल बाँकी रहेका थानीले किन दिए पदबाट राजिनामा ?

    १५ महिना कार्यकाल बाँकी रहेका थानीले किन दिए पदबाट राजिनामा ?

    अनलाइन नेपाल
  • मंगलबार, २६ मंसिर २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले पदबाट राजीनामा दिएका छन्।

    मंगलबार अपराह्न ४ बजे उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पुगेर थानीले राजीनामा दिएका हुन् ।



    सरकारले २०७८ फागुन २६ गतेको निगमको कार्यकारी निर्देशकमा थानीलाई तीन वर्षका लागि नियुक्त गरेको थियो ।



    थानीले राजीनामाको कारण भने खुलाएका छैनन्। २१ महिना सफलतापूर्वक कार्य सम्पादन गरेका थानीले १५ महिना अगाबै पदबाट राजिनामा दिएका हुन् ।

    थानीको नेतृत्वमा इन्डियन आयल कर्पोरेसन ‘आइओसी’लाई ३१ अर्ब रुपैयाँ बक्यौता चुक्ता र सरकारको ७ अर्ब ऋण तिरेर निगमलाई ऋणमुक्त गराएका थिए।

    थानीले निगमलाई आर्थिक वर्ष २०७९/८०मा १८ अर्ब नाफा समेत लगेका थिए।

    थानी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निकट मानिन्छन् । आयल निगममा आउनुअघि उनलाई क्यानडाका लागि राजदूतको प्रस्ताव आएको बताइन्छ ।

    तर, उक्त प्रस्ताव छाडेर थानी आयल निगम आएका थिए । उनलाई अहिले जापानका लागि नेपाली राजदूत वा राष्ट्रियसभा सदस्यको प्रस्ताव भएको चर्चा छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार