Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • सेनाले भन्यो – विस्फोटक पदार्थ नआउँदा फास्ट ट्र्याक निर्माणमा ढिलाइ भयो

    सेनाले भन्यो – विस्फोटक पदार्थ नआउँदा फास्ट ट्र्याक निर्माणमा ढिलाइ भयो

    अनलाइन नेपाल
  • बुधबार, ४ पुष २०८०
  • 621
    SHARES

    काठमाडौं । नेपाली सेनाले भारतबाट विस्फोटक पदार्थ नआउँदा फास्ट ट्र्याक निर्माणमा ढिलाइ भएको जनाएको छ ।

    प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा नेपाली सेनाले सो कुरा बताएको हो ।



    नेपाली सेनाको तर्फबाट संसदीय समितिमा फास्ट ट्र्याकको निर्माणकार्यबारे प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिमा प्राविधिक महासेनानी भरतलाल श्रेष्ठले जानकारी गराएका थिए ।



    योजना तथा डिजाइन महाशाखा प्रमुखसमेत रहेका श्रेष्ठले भारतबाट माग भएअनुसार विस्फोटक पदार्थ आपूर्ति हुन नसकेको र चीनबाट पनि ढिलो गरी मात्रै विस्फोटक पदार्थ आपूर्ति भएको स्पष्ट पारे।

    भारतबाट विस्फोटक पदार्थको आयातको सुरुवात २०७९ भदौमा सुरुवात भएको र ५ महिनाभित्र आयात गरिसक्ने लक्ष्य राखिएकोमा २०८० पुससम्म पनि आपूर्ति हुन नसकेको श्रेष्ठले बताए ।

    चीनबाट भने २०७९ माघबाट ५ महिनाभित्र आयात गरिसक्नुपर्ने विस्फोटक पदार्थ ६ महिनामा आइपुगेको उल्लेख गरेको छ । निर्माण कार्य ढिलाइ हुनुमा सेनाले विस्फोटक पदार्थ आयात हुन नसक्नु रहेको सेनाको अधिकारीले बताए।

    नेपाली सेनाले २०७४ मा द्रुतमार्ग निर्माण सुरु गरेको थियो । ६ वर्षमा निर्माण सम्पन्न गरिसक्ने लक्ष्य लिएकोमा आयोजनाको ३ वर्ष म्याद थपिएको छ । अब २०८३ चैत मसान्तसम्म निर्माण सम्पन्न गरिसक्ने नयाँ लक्ष्य लिइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार