Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • लुम्बिनी प्रदेशका नवनियुक्त दुई मन्त्रीले लिए शपथ

    लुम्बिनी प्रदेशका नवनियुक्त दुई मन्त्रीले लिए शपथ

    अनलाइन नेपाल
  • आइतबार, ८ पुष २०८०
  • 600
    SHARES

    बुटवल । लुम्बिनी प्रदेशका दुई नवनियुक्त मन्त्रीहरूले शपथ लिएका छन्।

    शनिवार नियुक्त भएका मन्त्रीहरू कृष्णा केसी र सरोज थापालाई आइतबार प्रदेश प्रमुख अमिक शेरचनले शपथ ग्रहण गराएका हुन्।



    मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले नेकपा माओबादी केन्द्रकी  केसीलाई सहरी विकास मन्त्री र नेपाली कांग्रेसका थापालाई उद्योग तथा यातायात मन्त्रीमा नियुक्त गरेका थिए।



    लुम्बिनीका मुख्यमन्त्रीले एक मन्त्रालय अझै आफैंसँग राखेका छन्।

    थापा र केसी शपथ लिएसँगै लुम्बिनी प्रदेश सरकारमा मुख्यमन्त्रीसहित मन्त्रीहरूको सङ्ख्या ९ पुगेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार