Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • भारत र रुसले गरे कुडनकुलम परमाणु ऊर्जा संयन्त्रमा सम्झौता

    भारत र रुसले गरे कुडनकुलम परमाणु ऊर्जा संयन्त्रमा सम्झौता

    अनलाइन नेपाल
  • बुधबार, ११ पुष २०८०
  • 609
    SHARES

    फाइल तस्विर

    काठमाडौं । भारत र रुसले कुडानकुलम आणविक ऊर्जा प्लान्टमा भविष्यको ऊर्जा उत्पादन एकाइहरू निर्माण गर्न केही ‘अत्यन्त महत्त्वपूर्ण’ सम्झौतामा हस्ताक्षर गरेका छन् ।

    रुसको पाँचदिने भ्रमणमा रहेका भारतीय विदेशमन्त्री एस जयशंकरले रुसी उपप्रधानमन्त्री डेनिस मान्टुरोफसँगको भेटपछि उक्त सम्झौताको घोषणा गरेका हुन् ।



    ‘मेरो र उपप्रधानमन्त्री मान्तुरोभको उपस्थितिमा हामीले कुडनकुलम आणविक परियोजनासँग सम्बन्धित सम्झौतालगायत धेरै महत्त्वपूर्ण सम्झौताहरूमा हस्ताक्षर गरेका छौँ,’ रुसमा बसोबास गर्ने भारतीय जनतालाई सम्बोधन गर्दै जयशंकरले भने ।



    भारतीय सञ्चारमाध्यमका अनुसार रुसको प्राविधिक सहयोगमा तमिलनाडुमा भारतको सबैभन्दा ठूलो कुडानकुलम आणविक ऊर्जा केन्द्र निर्माण भइरहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार