Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • केकमा गाँजा मिसाएर अनलाइनमार्फत बिक्री, घट्टेकुलोबाट विशन पक्राउ

    केकमा गाँजा मिसाएर अनलाइनमार्फत बिक्री, घट्टेकुलोबाट विशन पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, २२ पुष २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । लागूऔषध नियन्त्रण ब्यूरोले केकमा गाँजा मिसाएर बिक्री वितरण गर्ने एक जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा काठमाडौं–२९ घट्टेकुलोका २६ वर्षीय विशन मानन्धर छन्। मानन्धर लाई शुक्रबार लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले घरैबाट पक्राउ गरेको हो।



    मानन्धरले केकमा गाँजा मिसाएर अनलाइनमार्फत बिक्री वितरण गर्ने गरेका थिए । मानन्धरले सामाजिक सञ्जाल इन्स्टाग्राममा बम्ब डट ओआएनजी अन्डरस्कोर नामक अकाउन्ट बनाइ अवैध रुपमा विज्ञापन गर्दै अनलाइनमार्फत् गाँजाको बिक्री वितरण गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।



    उनले लागु औषध मुफिन समेत प्रयोग गरेर केक बनाउने गरेको पाइएको ब्यूरोका प्रवक्ता एसपी चक्रराज जोशीले बताए । मानन्धरको कोठाबाट १ सय २१ ग्राम धुलो गाँजा समेत बरामद भएको छ।

    त्यसैगरी तयारी अवस्थाको केको झोला १ सय ७८ ग्राम, ३ किलो ७ सय ५४ ग्राम गाँजा, लागुऔषध जोग्ने डिजिटल तराजु पनि बरामद भएको छ।

    विगत एक वर्षदेखि उनले गाँजा मिसाएर केक लगायत विभिन्न प्रकारका खानेकुरा बनाएर अनलाइनमार्फत् बेच्दै आएको अनुसन्धानबाट खुलेको छ। गाँजा मिसाएर बनाउने गरेका परिकारका मेनुहरू समेत फेला परेको प्रहरीले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार