Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • तेस्रो दिन ९ अंकले बढ्यो सेयर बजार परिसूचक नेप्से

    तेस्रो दिन ९ अंकले बढ्यो सेयर बजार परिसूचक नेप्से

    अनलाइन नेपाल
  • बुधबार, २५ पुष २०८०
  • 402
    SHARES

    काठमाडौं । उच्च अंकको वृद्धिसँगै कारोबार सुरु भएको नेप्से अन्तिम समयमा ‘करेक्सन’ हुँदै बन्द भएको छ ।

    २०८४ अंकबाट सुरु भएको कारोबार अवधिमा २११५ अंकसम्म पुगेपछि अन्तिममा करेक्सन आउँदै २०८९ अंकमा पुगेर रोकिएको हो।



    बुधबारको कारोबारपछि नेप्से परिसूचक २०८९ विन्दुमा कायम भएको छ । कारोबार रकम पनि केही घटेको छ ।



    मंगलबार ६ अर्ब ११ करोडको कारोबार भएकोमा बुधबार ५ अर्ब १३ करोडमा खुम्चियो। ११८ कम्पनीको मूल्य बढ्दा ११८ को घट्यो भने ११ को स्थिर रह्यो ।

    यस दिन बैंकिङ क्षेत्रमा सुधार देखिएको छ । परिसूचक बढेपनि कारोबारमा आएका १३ मध्ये ७ समूहको सूचक घटेको छ ।

    निर्जीवन बीमा समूह १५, जीवन बीमा समूह २८, लगानी समूह ०.५२ र जलविद्युत समूहमा १२ अंकको गिरावट आएको छ ।

    यस्तै, होटल र पर्यटन समूह ४८ अंक, वित्त १.९० अंक र विकास बैंक समूह १९ अंकले घटेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार