Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • नेपाल प्रहरीमा एसपीका आठ पद रिक्त, १२ डिएसपी प्रतिस्पर्धामा

    नेपाल प्रहरीमा एसपीका आठ पद रिक्त, १२ डिएसपी प्रतिस्पर्धामा

    अनलाइन नेपाल
  • आइतबार, ७ माघ २०८०
  • 30K
    SHARES

    काठमाडौं । एसपी रमेश कुमार बस्नेत एसएसपी बढुवामा सिफारिस भएसँगै नेपाल प्रहरीमा एसपीका आठ पद रिक्त भएका छन् ।

    रिक्त पदभन्दा धेरै आकांक्षी हुँदा ६ महिनादेखि डिएसपीबाट एसपीमा बढुवा हुन सकेको छैन । यसअघि एसपीका सात पद रिक्त थिए । अब आठ पद रिक्त भएका छन् । एसपी बढुवाकै लागि एसएसपीमा एकल बढुवा गरिएको प्रहरी प्रधान कार्यालय स्रोत बताउँछ ।



    रिक्त पदको बढुवामा डिएसपीहरू प्रदीप क्षेत्री, अंगुर जिसी, ढकेन्द्र खतिवडा, यादब ढकाल, श्यामबाबु ओलीया, नारायण रंजितकार, निरञ्जनदत्त भट्ट, राजन लिम्बु, सन्तोष तामाङ, अनन्त शर्मा, एकनारायण कोइराला र विनोद घिमिरे प्रतिस्पर्धामा छन् ।



    उनीहरुमध्ये राजन लिम्बु र सन्तोष तामाङ केपी ओलीका पूर्वपिएसओ हुन् भने १२ नम्बरमा रहेका घिमिरे प्रधानमन्त्री प्रचण्डका पूर्वपिएसओ हुन् ।

    घिमिरेलाई जसरी पनि बढुवा गर्नुपर्ने दबाबका कारण एसपी बढुवा हुन नसकेको हो । प्राविधिकतर्फका अन्य केही पद पनि तानेर एसपी बढुवा गर्नेबारे समेत छलफल भइरहेको स्रोत बताउँछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार