Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • एसएसपीको पदावधि ८ वर्ष बनाउने प्रस्ताव

    एसएसपीको पदावधि ८ वर्ष बनाउने प्रस्ताव

    अनलाइन नेपाल
  • सोमबार, ८ माघ २०८०
  • 5.3K
    SHARES

    काठमाडौं । नेपाल प्रहरीमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को पदावधि ८ वर्ष बनाउने सहमति भएको छ । प्रस्तावित प्रहरी ऐनको मस्यौदामा एसएसपीको पदावधि बढाउन लागिएको हो ।

    हाल एसएसपीको पदावधि ६ वर्ष छ । ३० वर्षे सेवाहद हटाउँदा ६ वर्षे पदावधिकै कारण धेरैले अवकाश पाउने भएपछि ८ वर्ष बनाउने सहमति भएको गृह मन्त्रालय स्रोत बताउँछ ।



    प्रहरी समायोजनका लागि सरकारले नयाँ संघीय प्रहरी ऐन ल्याउन लागेको छ । जसमा ३० वर्षे सेवाहद हटाउने र उच्च पदको पदावधि हेरफेर गर्ने सहमति भएको छ ।



    ऐनको मस्यौदामा आइजिपीको पदावधि ४ बाट ३, एआइजीको ५ बाट ४ वर्षबाट घटाउने सहमति भएको छ । एसएसपीको भने बढाउन लागिएको छ ।

    यद्यपी ३० वर्षे सेवाहद हटाउने कि नहटाउने भन्ने विषयमा प्रहरीमा दुई किसिमको संघर्ष जारी छ । अवकाशको मुखमा पुगेका उच्च अधिकारी हटाउनुपर्ने पक्षमा छन् ।

    भावी आइजिपीको लाइनमा रहेका अधिकारीहरु भने हटाउन नहुने पक्षमा छन् । यद्यपी समग्रमा भने सेवाहद हटाउँदा संगठनलाई फाइदा हुनेमा सबै सहमत छन् ।

    सबै पक्षलाई मनाएर सेवाहद हटाउने पक्षमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ लागेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार