Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • राष्ट्रियसभा निर्वाचन

    कोशी प्रदेशमा गठबन्धनबाट ‘फ्लोर क्रस’, एमालेकी रूक्मिणी विजयी

    कोशी प्रदेशमा गठबन्धनबाट ‘फ्लोर क्रस’, एमालेकी रूक्मिणी विजयी

    अनलाइन नेपाल
  • बिहिबार, ११ माघ २०८०
  • 618
    SHARES

    विराटनगर । कोशीमा राष्ट्रियसभा निर्वाचनमा भोट क्रस भएको खुलेको छ ।

    कोशीमा एमालेकी उम्मेदवार रुक्मिणी कोइराला विजयी भएकी छन्। उनले ५ हजार ८६ मत प्राप्त गरेकी छन्।



    उनको प्रतिस्पर्धी चम्पादेवी कार्कीले ४ हजार ९९२ मत पाएकी पाएकी छन्। कार्की माओवादी केन्द्रबाट गठबन्धनको उम्मेदवार भएकी थिइन्।



    राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनका मतदाताले ‘फ्लोर क्रस’ गरेसँगै एमालेकी कोइराला विजयी भएकी हुन्।

    कोइरालालाई सत्ता गठबन्धनका ३ सांसदले फ्लोर क्रस गरे । ९३ मध्ये उनलाई ४९ जनाको मत आएको छ । यस्तै स्थानीयत तहका १३१ जनाले मत हालेका छन् । स्थानीयतर्फका १६ जनाले फ्लोर क्रस गरेका छन् ।

    प्रदेशसभामा एमालेका ४० र राप्रपाका ६ गरी ४६ सांसद छन् । तर, उनले आफ्नो गठबन्धनभन्दा बाहिरको मत ल्याएकी हुन् ।

    कोइरालालाई ४९ जनाले मत दिँदा सत्ता गठबन्धनकी उम्मेदवार चम्पादेवी कार्कीलाई ४४ जना सांसदले मत दिएका छन् । कोशीमा सत्ता गठबन्धनका ४७ सांसद छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार