Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • भारतीय अभिनेत्री पुनम पाण्डे जीवित, आफैंले मृत्युको खबर फैलाएको खुलासा

    भारतीय अभिनेत्री पुनम पाण्डे जीवित, आफैंले मृत्युको खबर फैलाएको खुलासा

    अनलाइन नेपाल
  • शनिबार, २० माघ २०८०
  • 720
    SHARES

    काठमाडौं । भारतीय अभिनेत्री तथा मोडल पुनम पाण्डे जीवितै रहेको खुलेको छ।

    पाण्डेको पाठेघरको मुखको क्यान्सरबाट मृत्यु भएको खबर सार्वजनिक भएको थियो । पाण्डेका म्यानेजरले समेत पाण्डेको ३२ वर्षको उमेरमा निधन भएको बताएका थिए।



    तर, शनिबार इन्स्टाग्राममा भिडियो पोष्ट गर्दै पाण्डेले ‘आफू जीवितै रहेको’ खुलाएकी हुन् ।



    आफ्नो पुरानो पोष्टले धेरैलाई दुःखाएको प्रति माफी माग्दै पाण्डेले भनेकी छन्, ‘हो, मैले मेरो मृत्युको झुठो खबर फैलाएँ तर, मैले सर्भिकल क्यान्सरबारे सचेतना फैलाउनलाई यो गरेकी थिएँ ।’

    पाण्डेको इन्स्टाग्राम अकाउन्टमा शुक्रबार सेयर गरिएको पोस्टमा ‘आजको बिहानी हाम्रा लागि कठिन छ । पाठेघरको मुखको क्यान्सरका कारण हामीले हाम्री प्यारी पूनमलाई गुमाउनु परेको  छ ‘भन्ने उल्लेख थियो ।

    यो पोष्ट सार्वजनिक भएपछि कलाकार कंगना रनावत र अनुपम खेरले पनि सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

    शनिबार उनकै एकाउन्टबाट आएको पोष्टले उनको मृत्युको खबर झुटो खबर फैलिएको थियो । पाण्डेले सन् २०१३ मा फिल्म ‘नशा’ बाट बलिउडमा डेब्यू गरेकी हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार