Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • परिवर्तनकारीहरूको सुदृढ एकताबाट मात्रै उपलब्धिको रक्षा र विकास गर्न सकिन्छ : प्रधानमन्त्री प्रचण्ड

    परिवर्तनकारीहरूको सुदृढ एकताबाट मात्रै उपलब्धिको रक्षा र विकास गर्न सकिन्छ : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • मंगलबार, १ फाल्गुन २०८०
  • 327
    SHARES

    काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिवर्तनकारीहरू एकै ठाउँमा गोलबन्द हुनुपर्ने बेला आएको बताएका छन् ।

    २९ औँ जनयुद्ध दिवसको अवसर पारेर दाङ र बर्दियाबाट पार्टीमा समाहित हुने राजनीतिक र सामाजिक क्षेत्रका अगुवाहरूलाई स्वागत गर्दै उनले यस्तो बताएका हुन् ।



    उनले परिवर्तनकारीहरूको सुदृढ एकताबाट मात्रै परिवर्तनका उपलब्धिको रक्षा र विकास गर्न सकिने बताए ।



    ‘अहिले मुलुकमा परिवर्तनको नेतृत्व गर्ने र यसलाई उल्ट्याउन खोज्ने दुई धार देखिएको छ’उनले भने, ‘प्राप्त उपलब्धिलाई संस्थागत गर्दै सुशासन, सामाजिक न्याय र समृद्धिमा आधारित समाजवाद निर्माणको धारको नेतृत्वमा हामीले गरेका छौँ भने यसलाई उल्ट्याउन खोज्नेहरू पनि झिनो स्वरमा अघि बढ्न खोजिरहेका छन्, बलिदानीपूर्ण सङ्घर्षबाट प्राप्त उपलब्ध जोगाउन सबै परिवर्तनकारीहरू एक ठाउँमा आउने बेला भएको छ ।’

    विगतमा माओवादी आन्दोलनमा रहेकाहरूबिच संस्थागत रुपमा पनि एकीकरणको पहल भइरहेको उल्लेख गर्दै उनले यो सँगसँगै व्यक्तिगत रुपमा पनि क्रान्तिकारीहरू ध्रुवीकृत भइरहेको बताए ।

    जनयुद्धबाट स्थापित उपलब्धिलाई संरक्षण गर्ने दायित्व माओवादी नेता कार्यकर्ताकै भएकाले यसमा सबै गम्भीर भएर ध्रुवीकरणमा सामेल हुनुपर्नेमा पनि उनको जोड छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार