Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • गणपूरक संख्या नपुगेपछि संसद बैठक स्थगित

    गणपूरक संख्या नपुगेपछि संसद बैठक स्थगित

    अनलाइन नेपाल
  • बिहिबार, १० फाल्गुन २०८०
  • 546
    SHARES

    काठमाडौं । प्रतिनिधिसभाको बैठक गणपूरक संख्या नपुगेपछि स्थगित भएको छ ।

    एमालेक सचेतक महेश बर्तौलाले गणपुरक संख्यामा प्रश्न उठाएपछि गणना गर्दा नपुगेको हो ।



    गणपूरक संख्या नपुगेपछि राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० सभामा प्रस्तुत हुन सकेन ।



    गृहमन्त्री नारायणकाजी श्रेष्ठको तर्फबाट रोष्टममा सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले विधेयक प्रस्तुत गर्दै गर्दा एमाले सचेतक बर्तौलाले संसदमा गणपूरक सङ्ख्या यकिन गर्न माग गरेका थिए ।

    त्यसपछि सभामुख देवराज घिमिरेले नेपालको संविधानको धारा ९४ बमोजिम कुनै पनि प्रश्न वा प्रस्ताव निर्णयार्थ पेश गर्न प्रतिनिधि सभाको १ चौथाइ सदस्य उपस्थित हुनुपर्ने बताउँदै ३ मिनेट जनाउ घण्टी बजाई सो संख्या यकिन गर्न कर्मचारीलाई निर्देशन दिएका थिए ।

    गणपूरक सङ्ख्या पुग्न एक चौथाइ अर्थात ६९ जना सांसद हुनुपर्नेमा ६५ जना मात्र भएपछि सभामुख घिमिरेले शुक्रवार बिहान ११ बजेसम्मका लागि बैठक स्थगितको घोषणा गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार