Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • सुन मिश्रित कपडासहित विमानस्थलबाट एक भारतीय पक्राउ

    सुन मिश्रित कपडासहित विमानस्थलबाट एक भारतीय पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, ११ फाल्गुन २०८०
  • 987
    SHARES

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन मिश्रित कपडासहित भारतीय नागरिक पक्राउ परेका छन्।

    विशेष सुराकीको आधारमा प्रहरीले इण्डिगो ​एयरलाइन्सको उडानद्वारा दुबईबाट मुम्बई हुँदै काठमाडौं आएका ३५ वर्षीय मोहमद जीशनलाई पक्राउ गरेको हो ।



    जीशन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन एरियाबाट पक्राउ परेका हुन् ।



    चेकजाँच गर्दा उनले लगाएर आएको नीलो रंगको जिन्स पाइन्ट, कालो रंगको गन्जी र खरानी रंगको भित्री वस्त्रमा सुन जस्तो देखिने पहेंलो रंगको लेपनर पेष्‍ट गरिएको भेटिएको थियो ।

    यस्तै, उक्त कपडाहरूको तौल गर्दा अन्दाजी २ हजार २१० ग्राम भएकोले आवश्यक कानूनी कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार