Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • दुबईबाट कार्टुन बक्समा सुन लेपन गरी ल्याएपछि…

    दुबईबाट कार्टुन बक्समा सुन लेपन गरी ल्याएपछि…

    अनलाइन नेपाल
  • आइतबार, १३ फाल्गुन २०८०
  • 1.7K
    SHARES

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कार्टुन बक्समा सुन लेपन गरी ल्याएको आरोपमा भारतीय महिला पक्राउ परेकी छिन् ।

    विमानस्थल सुरक्षा प्रहरी कार्यालयका अनुसार नेपाल एयरलाइन्सको फ्लाइटमा शनिबार दुबईबाट काठमाडौं आएकी ३७ वर्षीया तसलिम सुल्ताना बुश्रा पक्राउ परेकी हुन् ।



    सुराकीले दिएको सूचनाको आधारमा खटिएको प्रहरीले उनलाई विमानस्थलको आगमन टनेल गेटबाट नियन्त्रणमा लिएको थियो ।



    उनले चार वटा खेलाउना राखिएका कार्टुन बाक्स बोकेकी थिइन् । सो बाकसका कागजभित्रको पत्रमा सुन लेपन गरिएको पाइएको प्रहरीले जनाएको छ ।

    कुल ७०० ग्राम सुन र ७४० ग्रामको कफी पनि बरामद गरिएको छ । उनीमाथि थप अनुसन्धानका लागि विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार