Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • नामिबियाविरुद्ध नेपाललाई दोस्रो सफलता

    नामिबियाविरुद्ध नेपाललाई दोस्रो सफलता

    अनलाइन नेपाल
  • मंगलबार, १५ फाल्गुन २०८०
  • 306
    SHARES

    काठमाडौं । नामिबियाविरुद्ध नेपालले दोस्रो सफलता प्राप्त गरेको छ।

    त्रिदेशिय टी–२० श्रृङ्खला अन्तर्गत त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी खेलमा कप्तान रोहित पौडेलले नेपाललाई दोस्रो विकेट दिलाएका हुन्।



    उनले नामिबियाका तेस्रो नम्बरका ब्याट्सम्यान जिन पियर कोट्जीलाई विवेक यादवद्वारा क्याच गराए।



    विवेकले बाउन्ड्री रोपनजिकै उत्कृष्ट क्याच लिएका थिए । पेभेलियन फर्किनुअघि कोट्जीले ११ रन बनाएका थिए।

    करण केसीले पहिलो विकेटको रुपमा नामिबियाका माइकल भेन लिङ्गनलाई आउट गरेका थिए ।

    उनलाई नेपालका करण केसीको बलमा गुल्शन झाले आउट गरेका हुन्। माइकल २० रन बनाएर आउट भएका छन्।

    हालसम्मको अवस्थामा नामिबियाले निर्धारित २० ओभरमध्य ९ओभरको खेल सकिँदा ५४ रन बनाएर खेलिरहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार