Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • नेदरल्यान्डसँग नामिबिया ५९ रनले पराजित

    नेदरल्यान्डसँग नामिबिया ५९ रनले पराजित

    अनलाइन नेपाल
  • बिहिबार, १७ फाल्गुन २०८०
  • 351
    SHARES

    काठमाडौं । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको बिहीबारको खेलमा नेदरल्यान्ड्सले नामिबियालाई ५९ रनले हराएको छ ।

    नेदरल्यान्डले दिएको २४८ रनको विशाल लक्ष्य पछ्याएको नामिबियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १८८ रन मात्र बनाउन सक्यो।



    नामिबियाका लागि जेन ग्रीनले २० बलमा अविजित ४२ रन बनाए पनि हारलाई टार्न सकेनन् । जान फ्रिलिंकले ४२ रनको योगदान दिए ।



    बलिङमा नेदरल्यान्डका टिम भान डर गुग्टेनले सर्वाधिक २ विकेट लिए । यसअघि त्रिवि क्रिकेट मैदानमा पहिला ब्याटिङ गरेको नेदरल्यान्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २४७ रन बनाएको थियो ।

    नेदरल्यान्डलाई विशाल स्कोरमा पुर्‍याउन माइकल लेभिटले ६२ बलमा १३५ रनको उत्कृष्ट इनिङ खेलेका थिए ।

    साइब्रान्ड एंगलब्रेक्ट ७५ र तेजा निदामानुरुले १८ रनको योगदान दिए । बलिङमा नामिबियाका रुबेन ट्रम्पलम्यानले सर्वाधिक २ विकेट लिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार