Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • नामिबियामाथि नेपालको रोमाञ्चक जित

    नामिबियामाथि नेपालको रोमाञ्चक जित

    फाइनल प्रवेशको सम्भावना जिवितै

    अनलाइन नेपाल
  • शुक्रबार, १८ फाल्गुन २०८०
  • 1.9K
    SHARES

    काठमाडौं । त्रिदेशीय टी–२० सिरिजको तेस्रो खेलमा नामिबियाविरुद्ध नेपालले रोमाञ्चक जित दर्ता गरेको छ ।

    १८१ रनको लक्ष्य पछ्याएको नामिबियाले पूरै ओभर खेल्दा ७ विकेट क्षतिमा १७७ रन बनायो ।



    आफ्नो तेस्रो खेलमा नेपालले नामिबियालाई तीन रनले हराएको हो । जितसँगै नेपालले फाइनल प्रवेशको सम्भावना पनि जिवितै राखेको छ ।



    कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपाली टोलीले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ८० रन बनाएको थियो ।

    जवाफी ब्याटिङमा ओर्लिएको नामिबियाले भने निर्धारित ओभरमा सात विकेट गुमाएर एक सय ७७ रनमात्र बनाउन सक्यो । नामिबियालाई अन्तिम ओभरमा जितका लागि १२ रन चाहिएको थियो । तर करण केसीले कसिलो बलिङ गर्दै ८ रन मात्र दिए ।

    यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले कुशल मल्लको अर्धशतक मद्दतमा २० ओभरमा ८ विकेट गुमाउँदै १८० रन बनाएको थियो ।

    नेपालका लागि कुशल मल्लले अर्धशतकीय पारी खेले । उनी ५५ रनमा नट आउट रहे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार