Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • इन्स्पेक्टर श्रेष्ठसहित तीन जनालाई विभागीय कारबाही गर्न सिफारिस

    इन्स्पेक्टर श्रेष्ठसहित तीन जनालाई विभागीय कारबाही गर्न सिफारिस

    सहायक हवल्दार एलजी मृत्यु प्रकरण

    अनलाइन नेपाल
  • आइतबार, २० फाल्गुन २०८०
  • 14.1K
    SHARES

    काठमाडौँ । प्रहरी प्रभाग बलम्बुका सहायक हवल्दार हेमराज एलजीको मृत्युबारे छानबिन गर्न गठित प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनाली नेतृत्वको छानबिन समितिले प्रतिवेदन बुझाएको छ ।

    मोबाइल गाडीका कमान्डर र चालकको कमजोरीका कारण एलजीको मृत्यु भएको निष्कर्ष निकाल्दै सो समितिले उपत्यका प्रहरी कार्यालयका एआईजी दीपक थापालाई प्रतिवेदन बुझाएको हो ।



    समितिले प्रहरी प्रभाग बलम्बुका इन्स्पेक्टर सुरेन्द्र श्रेष्ठ, मोबाइल गाडीका कमान्डर प्रहरी सहायक निरीक्षक (असई) रमेश चौलागाईं, चेकिङ कमान्डर प्रहरी हवल्दारलाई विभागीय कारबाही गर्न सिफारिस गरेको छ ।



    इन्स्पेक्टर, असई र चेकिङ कमान्डरलाई ‘सचेत’ गराउन सिफारिस गरिएको बताइएको छ । प्रतिवेदन कार्यान्वयनका लागी जिल्ला प्रहरी परिसर टेकुमा पठाइएको छ ।

    माघ २५ मा राति ड्युटी सकेर फर्किँदा चन्द्रागिरि नगरपालिका–११ स्थित पुलमा प्रहरीको बा.१ झ ७४१८ नम्बरको भ्यानबाट खसेर सहायक हवल्दार एलजीको मृत्यु भएको थियो । भ्यान चालक सहायक हवल्दार रामप्रसाद यादवलाई प्रहरीले पक्राउ गरेर ‘सवारी ज्यान’ मुद्दा चलाएको छ ।

    बलम्बु प्रभागका इन्स्पेक्टर श्रेष्ठले बोकेको पेस्तोलबाट गोली चलेसँगै उनलाई जिम्मेवारीबाट हटाइएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार