Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • गोंगबु प्रभागका इन्स्पेक्टरमाथि कारबाहीको तयारी

    गोंगबु प्रभागका इन्स्पेक्टरमाथि कारबाहीको तयारी

    अनलाइन नेपाल
  • आइतबार, १९ कार्तिक २०८०
  • 12.6K
    SHARES

    काठमाडौं । प्रहरी प्रभाग, गोंगबुका प्रहरी निरीक्षक दिनेश गुरुङमाथि छानबिन सुरु भएको छ । एक सेवाग्राहीलाई निर्घात कुटपिट गरेको आरोपमा उनीमाथि छानबिन सुरु भएको हो ।

    गत १६ कात्तिकमा उनले नुवाकोट घर भई बानियाटार बस्ने कर्णबहादुर अधिकारीलाई पाइपले कुटेका हुन् । अधिकारी लेनदेनसम्बन्धी विवादमा उजुरी लिएर प्रभाग गएका थिए । उनको मुकुन्द थपलियासँग लेनदेन विवाद थियो ।



    सो दिन छलफलका लागि प्रहरी कार्यालयमा बोलाइएको थियो । थपलिया नआएपछि अधिकारीले प्रहरी कार्यालयबाटै फोन गरी गालीगलौज गरेका थिए । प्रहरी कार्यालयमा जथाभाबी बोलेको भन्दै प्रभागका प्रमुख इन्स्पेक्टर गुरुङले उनलाई कुटेका हुन् । अधिकारी घाइते भएका छन् ।



    पछि माफी मागेर अधिकारी श्रीमतीसहित त्यहाँबाट निस्किएका थिए । कुटपिटबाट आफू अस्पताल नै जानु परेको भन्दै उनले विभिन्न निकायमा उजुरी गरेका हुन् । जसअनुसार गुरुङमाथि छानबिन सुरु भएको छ ।

    पीडित अधिकारी भूपु आर्मी हुन् । घटना गम्भीर प्रकृतिको देखिएकाले इन्स्पेक्टर गुरुङलाई कारबाही गरिने उपत्यका प्रहरी कार्यालयका एक अधिकारीले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार