Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • ‘इन्डियन आइडल १४’को उपाधि वैभव गुप्तालाई

    ‘इन्डियन आइडल १४’को उपाधि वैभव गुप्तालाई

    अनलाइन नेपाल
  • सोमबार, २१ फाल्गुन २०८०
  • 855
    SHARES

    एजेन्सी । चर्चित भारतीय टिभी रियालिटी शो ‘इन्डियन आइडल १४’ मा वैभव गुप्ता विजेता बनेका छन्।

    ग्राण्ड फिनालेमा कानपुरका वैभव उपाधि विजेता बनेका हुन् । उपाधिसँगै उनले २५ लाख भारुको चेक र ‘हट एण्ड टेकी’ ब्रेजा कार पनि पाएका छन् ।



    ग्रान्ड फिनालेमा सोनू निगम विशेष जज बनेका थिए । फिनालेमा नेहा कक्कड पनि सहभागी भएकी थिइन् ।



    प्यारेलाल सिम्फनी च्यालेन्जमा वैभवले १९९१ को एक्शन क्राइम ड्रामा ‘हम’ को झुम्मा चुम्मा दे दे गाएका थिए ।

    फाइनलमा वैभवले अन्तिम गीत सोनु निगमसँग जोरु का गुलाम गाएका थिए । फिनालेमा आद्या मिश्रा, अनन्या पाल, पियुष पनवार, सुभदीप दास, अञ्जना पद्मनाभन र वैभव गुप्ताबिच प्रतिस्पर्धा भएको थियो ।

    शोमा शुभदीप र पियुष फस्ट र सेकेन्ड रनरअप घोषित भए । उनीहरुले ट्रफीसँगै ५ लाख भारुको चेक पाएका थिए । अनन्या शोकी थर्ड रनरअप भइन् । ट्रफीको साथमा उनले तीन लाख भारु पुरस्कार पाइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार