Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • हङकङ जाने नेपाली क्रिकेट टोलीको बिदाइ

    हङकङ जाने नेपाली क्रिकेट टोलीको बिदाइ

    अनलाइन नेपाल
  • बिहिबार, २४ फाल्गुन २०८०
  • 684
    SHARES

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले हङकङमा हुने त्रिकोणात्मक सिरिज खेल्ने नेपाली क्रिकेट टोलीलाई बिदाइ गरेको छ।

    नेपाली टोली आज बिहीबार राति साढे ११ बजे हङकङ प्रस्थान गर्न लागेको हो। नेपाली टोलीमा ए टिमका कप्तान विनोद भण्डारी, सन्दीप जोरा, राशिद खानसहित युवा खेलाडी आकाश चन्द, लोकेश बम, सागर ढकाल छन् ।



    नेपाल, हङकङ र पपुवा न्युगिनीबीच त्रिकोणात्मक टी-२० आई सिरिज हुनेछ । त्रिकोणात्मक सिरिजमा फागुन २७ (१० मार्च) मा नेपाल र हङकङबीच खेल हुनेछ ।



    फागुन २९ (१२ मार्च) मा नेपालले पवुवा न्युगिनीसँग खेल्नेछ । दोस्रो खेलमा सोही दिन हङकङ र पपुवा न्युगिनीबीच हुनेछ ।

    फागुन ३० मा त्रिकोणात्मक सिरिजको फाइनलमा पुग्ने दुई टोलीबीच प्रतिस्पर्धा हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार