Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • भिजिट भिसामा दुबई जान लागेका एजेन्टसहित चार जना पक्राउ

    भिजिट भिसामा दुबई जान लागेका एजेन्टसहित चार जना पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, २५ फाल्गुन २०८०
  • 1.1K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । प्रहरीले भिजिट भिसामा दुबई जान लागेका एक एजेन्टसहित चार जनालाई पक्राउ गरेको छ ।

    हिमालय एयरलाइन्सको फ्लाइटबाट दुबई जान लागेका चार जनालाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो।



    घरेलु कामदारको रुपमा काममा लगाउन प्रतिव्यक्ति २ लाख रुपैयाँ लिएर एजेन्टले दुबई पठाउन लागेका थिए ।



    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरी कार्यालयका अनुसार पक्राउ परेका चारै जनालाई काठमाडौं उपत्यका अपराधा अनुसन्धान कार्यालयमा अनुसन्धानका लागि पठाइएको छ ।

    पक्राउ पर्नेमा एजेन्ट भविलाल थापा र भिजिट भिसामा जान लागेका तेर्‍हथुमकी नेत्रकुमारी गुरुङ, अर्घाखाँचीका हरि उपाध्याय, चितवनका दुर्गा श्रेष्ठ छन् ।

    एजेन्टको मोबाइलबाट विगतमा पनि उनले पैसा उठाएर भिजिट भिसामा पठाउने गरेको प्रमाणहरू भेटिएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार